• समाचार
  • स्वास्थ्य
  • राजनीति
  • समाज
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • साहित्य
  • आर्थिक
  • थप
    • प्रदेश
    • धर्म संस्कृति
    • रोचक
×
☰
  • विज्ञापनको लागी
  • हाम्रो बारेमा
  • हाम्रो टिम
  • सम्पर्क
    • समाचार
    • स्वास्थ्य
    • राजनीति
    • समाज
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • अन्तराष्ट्रिय
    • साहित्य
    • आर्थिक
    • थप
      • प्रदेश
      • धर्म संस्कृति
      • रोचक
ट्रेण्डिङ :
५ दिने महा मैत्री अनुष्ठान कार्यक्रम सिन्धुपाल्चोकको चुनावी नतिजा स्वर्णपदक बिजेता बने बिबेन्द्र तामाङ संसदीय इतिहासमा सिन्धुपाल्चोक विगत वर्तमान र भविष्य =? लामालाई उपचार खर्चको अभाव निर्वाचन लक्षित काँग्रेस रामेछापको विशाल संरचना : जिल्ला भर २२ उपसमिति परिचालन रामेछापमा एमालेको चुनावी अभियान तीव्र, ५५१ सदस्यीय परिचालन कमिटी गठन काभ्रेका किसानलाई छोएको छैन चुनावी माहोलले, मलकै छ चिन्ता (तस्बिरहरू) ५ दिने महा मैत्री अनुष्ठान कार्यक्रम सिन्धुपाल्चोकको चुनावी नतिजा स्वर्णपदक बिजेता बने बिबेन्द्र तामाङ संसदीय इतिहासमा सिन्धुपाल्चोक विगत वर्तमान र भविष्य =? लामालाई उपचार खर्चको अभाव निर्वाचन लक्षित काँग्रेस रामेछापको विशाल संरचना : जिल्ला भर २२ उपसमिति परिचालन रामेछापमा एमालेको चुनावी अभियान तीव्र, ५५१ सदस्यीय परिचालन कमिटी गठन काभ्रेका किसानलाई छोएको छैन चुनावी माहोलले, मलकै छ चिन्ता (तस्बिरहरू)

सातौँ नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभल सम्पन्न, राष्ट्रिय–अन्तर्राष्ट्रिय चलचित्र सम्मानित

Rc Ghising Tmg
२१ माघ २०८२, मंगलवार १२:२९ प्रकाशित

काठमाडौँ । नेपाल संस्कृति तथा चलचित्र केन्द्रको आयोजनामा सातौँ नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभल (एनसिफ) २०२६ काठमाडौँमा सम्पन्न भएको छ। माघ १६ गतेदेखि तीन दिनसम्म सञ्चालन भएको महोत्सवमा ३९ देशका ८५ चलचित्र प्रदर्शन गरिएका थिए। महोत्सवको समापन भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा आयोजना गरिएको विशेष समारोहमार्फत गरिएको हो।

समापन समारोहमा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चलचित्र तथा चलचित्रकर्मीलाई अवार्ड प्रदान गरिएको थियो। राष्ट्रिय फिचर चलचित्रतर्फ सुवर्ण थापाको निर्देशनमा बनेको ‘द सेक्रेट अफ राधा’ ले सर्वोत्कृष्ट राष्ट्रिय चलचित्रको अवार्ड प्राप्त गरेको छ। सर्वोत्कृष्ट राष्ट्रिय अभिनेताको अवार्ड चलचित्र ‘ज्वाइँ साब’ बाट जितु नेपालले प्राप्त गर्दा चलचित्र ‘कोसेढुंगा’ बाट सुरक्षा पन्त सर्वोत्कृष्ट राष्ट्रिय अभिनेत्री घोषित भइन्। सोही चलचित्र ‘कोसेढुंगा’ का निर्देशक सरोज पौडेलले सर्वोत्कृष्ट राष्ट्रिय निर्देशकको अवार्ड प्राप्त गरे भने ‘द सेक्रेट अफ राधा’ का लागि नरेन्द्र मैनालीले सर्वोत्कृष्ट राष्ट्रिय छायांकनको अवार्ड हात पारे। वृत्तचित्र ‘इन्टु द मिस्ट’ बाट सचिन घिमिरेले सर्वोत्कृष्ट राष्ट्रिय लेखक अवार्ड प्राप्त गरे।

लघु चलचित्र ‘दृश्य (द लाइट अफ आइज)’ ले सर्वोत्कृष्ट राष्ट्रिय विशेष उल्लेख अवार्ड प्राप्त गरेको छ। जुरी विशेष उल्लेख अवार्ड निर्देशक पत्रिका घिमिरेको ‘ह्वाट ग्रोज इन थारी मैलाको भेगिटेबल गार्डेन ?’ तथा निर्देशक डब्बु क्षेत्रीको ‘द चेन्ज’ लाई प्रदान गरिएको थियो। अन्य राष्ट्रिय विधातर्फ निर्देशक ड्यानियल गदालको ‘इनार’ ले सर्वोत्कृष्ट राष्ट्रिय लघु चलचित्र, निर्देशक लावा प्याकुरेलको ‘गर्ल्स रिराइटिङ डेस्टिनी’ ले सर्वोत्कृष्ट राष्ट्रिय वृत्तचित्र, निर्देशक गोविन्द प्रसाद ढकालको ‘साइलन्ट स्कार्स’ ले सर्वोत्कृष्ट राष्ट्रिय बाल चलचित्र, निर्देशक आस्था श्रेष्ठको ‘रङ सबै गुलाबी’ ले सर्वोत्कृष्ट राष्ट्रिय महिला चलचित्र तथा निर्देशक सुनिल बाबु पन्तको ‘अजिमा एण्ड सिक्स जेन्डर्स’ ले सर्वोत्कृष्ट राष्ट्रिय सांस्कृतिक चलचित्रको अवार्ड प्राप्त गरेको छ।

महोत्सवमा ४० भन्दा बढी अन्तर्राष्ट्रिय चलचित्रकर्मी, निर्णायक तथा अतिथिहरूको सहभागिता रहेको थियो। अन्तर्राष्ट्रिय श्रेणी अन्तर्गत आयोजित प्यानल छलफलमा बेलायतकी अन्तर्राष्ट्रिय जुरी सदस्य एड्रिना कुलिग, अर्जेन्टिनाका डा. जर्ज जोर्गे क्यारोभोत्ता, नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक सूर्य थपलिया तथा डब्लुडब्लुएफ नेपालका कन्ट्री रिप्रेजेन्टेटिभ डा. घनश्याम गुरुङ सहभागी थिए। महोत्सव बागमती प्रदेश संस्कृति तथा पर्यटन मन्त्रालय, गोकर्णेश्वर नगरपालिका, चलचित्र विकास बोर्ड तथा नेपाल पर्यटन बोर्डको सहकार्य र सहयोगमा सम्पन्न गरिएको आयोजकले जनाएको छ। महोत्सवअन्तर्गत अष्ट्रेलियाली चलचित्र निर्देशक मौलिनाथ गंगुलीद्वारा मास्टर क्लास पनि सञ्चालन गरिएको थियो।

अन्तर्राष्ट्रिय चलचित्रतर्फ भारतका निर्देशक जयन चेरियनको ‘रिदम अफ दमाम’ ले सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय फिचर चलचित्रको अवार्ड प्राप्त गरेको छ। सोही चलचित्रबाट चिनमाया सिद्धिले सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय अभिनेताको अवार्ड जितेका छन्। अष्ट्रेलियाका निर्देशक मौलिनाथ गंगुलीको ‘कुप्पा’ ले सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय छोटो चलचित्र, लिथुआनियाका निर्देशक गिएड्रे जेनेभिसियुटेको ‘द हेड’ ले सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय फिचर वृत्तचित्र तथा इजरायलका निर्देशक हावर्ड रिपको ‘गिम्पेलः द फूल रिटर्न्स टु पोल्याण्ड’ ले सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय छोटो वृत्तचित्रको अवार्ड प्राप्त गरेको छ।

यसैगरी बेलायतकी निर्देशक स्वेकृति राईको ‘द पिपल क्लोजेस्ट टु हेभन’ ले सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय महिला चलचित्र, काजाकस्तानको ‘स्पार्क’ ले सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय बाल चलचित्र, क्यानडाकी निर्देशक फरीबा फरजामको ‘रिड्याक्टेड ड्रिम्स’ ले सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय मानव अधिकार चलचित्र, थाइल्याण्डको ‘रे द रग’ ले सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय एनिमेशन चलचित्र तथा बंगलादेशको ‘द टेस्ट अफ हनी’ ले सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय वातावरणीय चलचित्रको अवार्ड प्राप्त गरेको छ।
भारतको चलचित्र ‘सी इट!’ का लागि शान्ति मोहन र मुकुन्द मूर्तिले सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय निर्देशक अवार्ड प्राप्त गरेका छन्। जर्मनीका ओली ड्युरले ‘जेपेलिन राइट अबभ’ बाट सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय लेखक अवार्ड जित्दा ब्राजिलकी क्यारोलिन रोहरिगले ‘ट्राइ योर लक’ बाट सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय अभिनेत्री अवार्ड प्राप्त गरिन्। भारतका बेनिश मुजसाबाले ‘नेचर्स ब्यान्डेज’ का लागि सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय छायांकन अवार्ड प्राप्त गरेका छन् भने बंगलादेशका निर्देशक जमिल्लाह भान डर हल्स्टको ‘ह्वेयर द किड्स ह्याभ नो नेम’ ले सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय जुरी अवार्ड हात पारेको छ।

विशेष उल्लेख अवार्डतर्फ हङकङका निर्देशक क्रिस्टिन युङको ‘महाकुम्भः एन ओसन अफ डिभोशन’, चीनका निर्देशक बिङ लुओको ‘न्यु डन’ तथा फ्रान्सकी निर्देशक पाउलिन बर्नार्ड–भर्नायको ‘कासा सुसाना’ सम्मानित भएका छन्।

तपाईको प्रतिक्रिया

थप शिर्षकहरु

५ दिने महा मैत्री अनुष्ठान कार्यक्रम
सिन्धुपाल्चोकको चुनावी नतिजा
स्वर्णपदक बिजेता बने बिबेन्द्र तामाङ
Advertisement
ताजा अपडेट
  • १. ५ दिने महा मैत्री अनुष्ठान कार्यक्रम

  • २. सिन्धुपाल्चोकको चुनावी नतिजा

  • ३. स्वर्णपदक बिजेता बने बिबेन्द्र तामाङ

  • ४. संसदीय इतिहासमा सिन्धुपाल्चोक विगत वर्तमान र भविष्य =?

  • ५. लामालाई उपचार खर्चको अभाव

चर्चित

प्रकाशक

 

हाम्रो टीम

राम चन्द्र तामाङ
Phone: +9779851187758
Email: rhythmxitiz@gmail.com

समाचारहरु

समाचार
स्वास्थ्य
राजनीति
खेलकुद
अन्तर्वार्ता
मनोरन्जन
आर्थिक
साहित्य

सम्पर्क

……………..

 

© 2026 Matri Bhumi Aawaj | All rights Reserved.
Website By :  Ganesh Lama.