• समाचार
  • स्वास्थ्य
  • राजनीति
  • समाज
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • साहित्य
  • आर्थिक
  • थप
    • प्रदेश
    • धर्म संस्कृति
    • रोचक
×
☰
  • विज्ञापनको लागी
  • हाम्रो बारेमा
  • हाम्रो टिम
  • सम्पर्क
    • समाचार
    • स्वास्थ्य
    • राजनीति
    • समाज
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • अन्तराष्ट्रिय
    • साहित्य
    • आर्थिक
    • थप
      • प्रदेश
      • धर्म संस्कृति
      • रोचक
ट्रेण्डिङ :
५ दिने महा मैत्री अनुष्ठान कार्यक्रम सिन्धुपाल्चोकको चुनावी नतिजा स्वर्णपदक बिजेता बने बिबेन्द्र तामाङ संसदीय इतिहासमा सिन्धुपाल्चोक विगत वर्तमान र भविष्य =? लामालाई उपचार खर्चको अभाव निर्वाचन लक्षित काँग्रेस रामेछापको विशाल संरचना : जिल्ला भर २२ उपसमिति परिचालन रामेछापमा एमालेको चुनावी अभियान तीव्र, ५५१ सदस्यीय परिचालन कमिटी गठन काभ्रेका किसानलाई छोएको छैन चुनावी माहोलले, मलकै छ चिन्ता (तस्बिरहरू) ५ दिने महा मैत्री अनुष्ठान कार्यक्रम सिन्धुपाल्चोकको चुनावी नतिजा स्वर्णपदक बिजेता बने बिबेन्द्र तामाङ संसदीय इतिहासमा सिन्धुपाल्चोक विगत वर्तमान र भविष्य =? लामालाई उपचार खर्चको अभाव निर्वाचन लक्षित काँग्रेस रामेछापको विशाल संरचना : जिल्ला भर २२ उपसमिति परिचालन रामेछापमा एमालेको चुनावी अभियान तीव्र, ५५१ सदस्यीय परिचालन कमिटी गठन काभ्रेका किसानलाई छोएको छैन चुनावी माहोलले, मलकै छ चिन्ता (तस्बिरहरू)

निर्वाचन लक्षित काँग्रेस रामेछापको विशाल संरचना : जिल्ला भर २२ उपसमिति परिचालन

Avatar photo Rc Ghising Tmg
२५ माघ २०८२, शनिबार ११:०९ प्रकाशित

रामेछाप। चुनाव नजिकिँदै जाँदा नेपाली काँग्रेस रामेछापले आफ्नो संगठनात्मक शक्ति पूर्ण रूपमा चुनावी मैदानमा उतारेको छ। प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै पार्टीले जिल्ला तहदेखि वडा तहसम्म समेट्ने गरी ठूलाे संरचना निर्माण गरेको छ, जसको नेतृत्व पार्टी सभापति पूर्णबहादुर तामाङ ‘कान्छाराम’ले सम्हालेका छन्।

पार्टीका अनुसार उम्मेदवार रामचन्द्र खड्कालाई विजयी गराउने स्पष्ट उद्देश्यसहित गठन गरिएको जिल्ला निर्वाचन परिचालन समिति अब चुनावी रणनीति, कार्यकर्ता परिचालन र जनसम्पर्कका सबै गतिविधिको ‘कमाण्ड सेन्टर’का रूपमा काम गर्नेछ। पार्टी सचिव विनोद कार्कीले सार्वजनिक गरेका निर्णयहरूअनुसार समितिले पार्टीका सबै तहका संगठन, भातृ तथा शुभेच्छुक संस्थाहरूलाई एकीकृत रूपमा चुनावी अभियानमा परिचालन गर्नेछ।

सबै तह समेटिएको संरचना
निर्वाचन परिचालन समिति केवल नेताहरूको घेरा होइन, संगठनको जरा–जरा जोड्ने प्रयास हो। यसमा पूर्व सभापति, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, प्रदेश क्षेत्रीय सभापति, ८ वटै पालिका सभापति र ६४ वटै वडा सभापति सदस्य छन्। भातृ तथा शुभेच्छुक संस्थाका केन्द्रीय र जिल्ला नेतृत्व पनि समावेश गरिएका छन्। सभापति तामाङ संयोजक रहेको मूल समितिमा पूर्व सभापति तथा रामेछाप नगर प्रमुख लवश्री न्यौपाने र उपसभापति लेखबहादुर कार्की सह–संयोजक छन्।

पालिका पालिकामा अलग कमान्ड
रामेछापका दुई नगरपालिका र ६ गाउँपालिकामा छुट्टाछुट्टै संयोजक तोकिएका छन्। मन्थलीमा युवराज भट्टराई, रामेछाप नगरपालिकामा नरबहादुर थापामगर, लिखु तामाकोसीमा कृष्णबहादुर महत, गोकुलगंगामा नानीबाबु बस्नेत, उमाकुण्डमा गेल्जे लामा, खाँडादेवीमा रत्नहरि ढुंगेल, सुनापतिमा केशवप्रसाद चालिसे र दोरम्बा शैलुङमा दीपक लामा परिचालनको जिम्मेवारीमा छन्। यी संयोजकहरूले पालिका स्तरका संरचना माघ २७ भित्र पूर्णता दिने लक्ष्य राखेका छन्।

विषयगत समिति : चुनावी अभियानको ‘स्पेशल फोर्स’
काँग्रेसले २२ वटा विषयगत उपसमिति गठन गरेको छ। प्रचार–प्रसार समिति पत्रकार हिमाल ढुंगेलको नेतृत्वमा छ भने स्थानीय तह परिचालन केशव महत, बौद्धिक क्षेत्र डा. सुमन कर्माचार्य, सामाजिक संघसंस्था योगेन्द्र श्रेष्ठ र धार्मिक संघसंस्था रामचन्द्र अधिकारीले सम्हाल्नेछन्। निजी क्षेत्रसँग समन्वय प्रकाश श्रेष्ठले गर्नेछन्।

विशेष रूपमा १८ देखि ३० वर्ष उमेर समूहलाई लक्षित गर्दै सञ्जय बुढाथोकीको नेतृत्वमा जेन्जी अभियान समिति बनाइएको छ। सह–संयोजकमा अविनाश कार्की र राजेश भण्डारी छन्। युवा मतदातालाई प्रत्यक्ष संवादमा जोड्ने योजना पार्टीले बनाएको छ। यसैगरी अनुगमन, भूतपूर्व सैनिक, भूतपूर्व प्रहरी, ट्रेड युनियन, निर्माण व्यवसायी, कानुनी सहायता तथा महिला स्वास्थ्य स्वयंसेविका लक्षित छुट्टाछुट्टै समितिहरू गठन गरिएका छन्।

सचिवालय पनि सक्रिय
निर्वाचन सचिवालय संयोजकको जिम्मेवारी सचिव विनोद कार्कीले नै सम्हालेका छन् भने सीताराम कार्की सह–संयोजक छन्। यो संयन्त्रले दैनिक समन्वय, तथ्यांक व्यवस्थापन र कार्यक्रम सञ्चालनको प्रशासनिक जिम्मेवारी लिनेछ।
उम्मेदवार रामचन्द्र खड्काले पुरानो सदरमुकाम रामेछाप बजारबाट घरदैलो अभियान सुरु गरिसकेका छन्। उनको टोली अहिले खाँडादेवी, सुनापति र दोरम्बा क्षेत्रका बस्ती–टोलमा मतदातासँग प्रत्यक्ष भेटघाटमा व्यस्त छ। काँग्रेस रामेछापका नेताहरू अघिल्ला निर्वाचनजस्तै यसपटक पनि जित सुनिश्चित हुने दाबी गरिरहेका छन्। तर त्यो दाबी मतपेटिकासम्म पुगेर प्रमाणित हुने वा नहुने, अबको केही सातामा मतदाताले तय गर्नेछन्।

तपाईको प्रतिक्रिया

थप शिर्षकहरु

५ दिने महा मैत्री अनुष्ठान कार्यक्रम
सिन्धुपाल्चोकको चुनावी नतिजा
स्वर्णपदक बिजेता बने बिबेन्द्र तामाङ
Advertisement
ताजा अपडेट
  • १. ५ दिने महा मैत्री अनुष्ठान कार्यक्रम

  • २. सिन्धुपाल्चोकको चुनावी नतिजा

  • ३. स्वर्णपदक बिजेता बने बिबेन्द्र तामाङ

  • ४. संसदीय इतिहासमा सिन्धुपाल्चोक विगत वर्तमान र भविष्य =?

  • ५. लामालाई उपचार खर्चको अभाव

चर्चित

प्रकाशक

 

हाम्रो टीम

राम चन्द्र तामाङ
Phone: +9779851187758
Email: rhythmxitiz@gmail.com

समाचारहरु

समाचार
स्वास्थ्य
राजनीति
खेलकुद
अन्तर्वार्ता
मनोरन्जन
आर्थिक
साहित्य

सम्पर्क

……………..

 

© 2026 Matri Bhumi Aawaj | All rights Reserved.
Website By :  Ganesh Lama.