चौतारा
२०४६ सालको जनआन्दोलनले पन्चायती ब्यबस्थाको अन्त्य पश्चात् सुधार गरि घोषणा गरिएको नेपालको संविधान २०४७ अनुसार सिन्धुपाल्चोक जिल्लालाई (७९ गा.बि.स.)३वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा प्रशासनिक बिभाजन गरिएको थियो।नेपालमा भएको निर्वाचनहरुमा सिन्धुपाल्चोकबाट प्रतिनिधित्व गर्ने संसद र दल यसप्रकार छ:
#प्रतिनिधि सभा सदस्य निर्वाचन २०४८
निर्वाचन क्षेत्र निर्वाचित संसद र राजनीतिक दल क्रमशः
१.अमृतकुमार बोहरा नेकपा एमाले
२.कृष्ण राज श्रेष्ठ नेकपा एमाले
३.पशुपतिशमशेर जबरा राप्रपा
#प्रतिनिधि सभा सदस्य निर्वाचन २०५१(मध्यवर्ती)
निर्वाचित क्षेत्र संसद र राजनीतिक दल क्रमशः
१.अमृतकुमार बोहरा नेकपा एमाले
२.बिष्णु बिक्रम थापा राप्रपा
३.पशुपतिशमशेर जबरा राप्रपा
#प्रतिनिधि सभा सदस्य निर्वाचन २०५६
निर्वाचन क्षेत्र निर्वाचित संसद र राजनीतिक दल क्रमशः
१.मोहन बहादुर बस्नेत नेपाली काँग्रेस
२.सुभाष कर्माचार्य नेकपा एमाले
३.पशुपतिशमशेर जबरा राप्रपा
#संविधान सभा सदस्य निर्वाचन(पहिलो)२०६४
निर्वाचन क्षेत्र निर्वाचित संसद र राजनीतिक दल क्रमशः
१.राज कुमार श्रेष्ठ नेकपा माओवादी
२.अग्नि प्रसाद सापकोटा नेकपा माओवादी
३.दावा तामाङ नेकपा माओवादी
#संविधान सभा सदस्य निर्वाचन (दोस्रो)२०७०
निर्वाचन क्षेत्र निर्वाचित संसद र राजनीतिक दल क्रमशः
१.मोहन बहादुर बस्नेत नेपाली काँग्रेस
२.अग्नि प्रसाद सापकोटा नेकपा माओवादी
३.शेर बहादुर तामाङ नेकपा एमाले
दोस्रो संविधान सभा सदस्य निर्वाचनबाट नेपालको संविधान २०७२ निर्माण पश्चात् संघीय संरचना अनुसार सिन्धुपाल्चोक जिल्लालाई १२ स्थानीय तह(३ नगरपालिका ९ गाउँपलिका) २ प्रतिनिधि सभा ४ प्रदेश सभामा विभाजन गरिएको छ।
#प्रतिनिधि सभा सदस्य निर्वाचन २०७४ निर्वाचन क्षेत्र निर्वाचित संसद र राजनीतिक दल क्रमशः
१.अग्नि प्रसाद सापकोटा(एमाले+माओवादी नेकपा) नेकपा माओवादी
२.शेर बहादुर तामाङ (एमाले +माओवादी नेकपा) नेकपा एमाले
#प्रतिनिधि सभा सदस्य निर्वाचन २०७९ निर्वाचन क्षेत्र निर्वाचित संसद र दल क्रमशः
१.माधव प्रसाद सापकोटा(काँग्रेस+माओवादी गठबन्धन)माओवादी केन्द्र
२.मोहन बहादुर बस्नेत(काँग्रेस+माओवादी गठबन्धन)नेपाली काँग्रेस
२०४८ देखि २०७९ सम्मको सिन्धुपाल्चोकको संसदीय इतिहास हेर्दा ५ प्रतिनिधि सभा र २ संविधान सभा गरेर सम्पन्न ७ वटा निर्वाचन मार्फत सिन्धुपाल्चोकको जनताले एमाले र माओवादीको ६/६, राप्रपाको ४ काँग्रेसको ३ गरेर १९ जना संसद प्रत्यक्ष निर्वाचित गराएर प्रतिनिधि सभामा आफ्ना प्रतिनिधि पठाएका छन।यिनै संसदहरुबाट विभिन्न समयमा पटकपटक सरकारमा राज्यमन्त्री, मन्त्रीहरु हुदै देशको सर्वोच्च पद प्रतिनिधि सभाको सभामुखको जिम्मेवारी बहन गरी सकेको छ।यस्तै पार्टीगत राजनीतिमा पनि केन्द्रिय सदस्य, सचिव, पार्टी प्रवक्ता उपाध्यक्ष र कार्यवाहक केन्द्रिय महासचिवको नेतृत्व गरि सकेको छन।
निर्वाचन आयोग नेपालको तथ्यांकअनुसार सिन्धुपाल्चोक क्षेत्र नं.१ कुल मतदाता (पुरुष ७१२६२+महिला६५७२३)=१३९८५
आदिवासी जनजाति ७२.२२% खस आर्य २२.२२% दलित ५.५६% मतदान स्थल ८३ मतदान केन्द्र १७२
संविधान सभा सदस्य निर्वाचन २०८२ फागुन २१ गते हुने निर्वाचनका उम्मेदवार र दल
१.जंग बहादुर लामा नेपाली काँग्रेस
२.सरेश नेपाल(२०५९ उपसभापति जिबिस २०७४ र २०७९ बागमती प्रदेश सभा सदस्य पुर्व प्रदेश मन्त्री) मन्त्री)नेकपा एमाले
३.माधव प्रसाद सापकोटा(२०७९ निर्वाचित प्रतिनिधि सभा सदस्य) नेकपा
४.भरत प्रसाद पराजुली रास्वपा
५.राममणी न्यौपाने राप्रपा
६.पासाङ शेर्पा जनता समाजवादी पार्टी नेपाल
७.गिता देवी कर्माचार्य नेपाल मजदुर किसान पार्टी
८.दावा ग्याम्छो लामा राष्ट्रिय जनमोर्चा
९.दावा लामा मंगोल नेशनल अर्गनाइजेसन
१०.फुर्वा तामाङ श्रम संस्कृति पार्टी
११.राजन सेन्चुरी मितेरी पार्टी नेपाल
१२.समिर श्रेष्ठ नेपाल कम्युनिष्ट पार्टी(माओवादी)
१३.प्रताप लामा उज्यालो नेपाल पार्टी
१४.पासाङ तामाङ आम जनता पार्टी(एकल चुनाव चिन्ह)
१५.अशोक बहादुर श्रेष्ठ नागरिक सर्वोच्चता पार्टी(एकल चुनाव चिन्ह)
१६.पदम बहादुर तामाङ स्वतन्त्र
१७.सन्त बहादुर तामाङ स्वतन्त्र
१८.सानू तामाङ स्वतन्त्र
२ महिलासहित राजनीतिक दलको १५ जना ३ स्वतन्त्र जम्मा=१८ जना चुनावी मैदानमा
प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२=?
निर्वाचन आयोग नेपालको तथ्यांकअनुसार सिन्धुपाल्चोक क्षेत्र नं.२ कुल मतदाता (पुरुष ७२०४०+महिला६५९७३)=१३८०१३
आदिवासी जनजाति ७२.२२% खस आर्य २७.७८% ६३ मतदान स्थल र १६६ मतदान केन्द्र
संविधान सभा सदस्य निर्वाचन २०८२ फागुन २१ गते हुने निर्वाचनका उम्मेदवार र दल
१.वंश लाल तामाङ(स्थानीय तह निर्वाचन २०७४ इन्द्रवती गाउँपालिका निर्वाचित अध्यक्ष तथ गाउँपालिका महसंघ पुर्व महासचिव ) नेपाली काँग्रेस
२.शेर बहादुर तामाङ(२०७० र २०७४ मा निर्वचित प्रतिनिधि सभा सदस्य पुर्व मन्त्री) नेकपा एमाले
३.युवराज दुलाल (२०७४ र २०७९ बागमती प्रदेश सभा सदस्य निर्वाचित र पुर्व प्रदेश मन्त्री हालको बागमती प्रदेश सभा सदस्यवाट राजीनामा)
४.झलक कुमार श्रेष्ठ रास्वपा
५.गोपीकृष्ण चौलागाईं राप्रपा
६.म्हेन्दो तामाङ नेपाल मजदुर किसान पार्टी
७.कर्णबिर स्याङ्बो लामा मंगोल नेशनल अर्गनाइजेसन
८.दावा छिरिङ शेर्पा संघीय लोकतान्त्रिक मन्च
९.भानु श्रेष्ठ श्रम संस्कृति पार्टी
१०.महेश कुँवर मितेरी पार्टी नेपाल
११.सोमान लामा नेपाल कम्युनिष्ट पार्टी(माओवादी)
१२.रामसिं तामाङ उज्यालो नेपाल पार्टी
१३.मिङमार तामाङ राष्ट्रिय मुक्ति पार्टी नेपाल(एकल चुनाव चिन्ह)
१४.आम जनता पार्टी(एकल चुनाव चिन्ह)
१५.सेर बहादुर तामाङ नागरिक सर्वोच्चता पार्टी(एकल चुनाव चिन्ह)
१६.दिपक ढकाल स्वतन्त्र
१७.बिजु श्रेष्ठ स्वतन्त्र
१८.सुन्दर अधिकारी स्वतन्त्र
१ महिलासहित राजनीतिक दलको १५ जना ३ स्वतन्त्र जम्मा=१८ जना चुनावी मैदानमा
प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ =?





तपाईको प्रतिक्रिया