काठमाडौ
फेब्रुअरी १५ मा नेपालसहित ९ राष्ट्रका खेलाडीहरुको सहभागिता रहेको थाइल्यान्डको राजधानी बैंककमा आयोजना गरेको “थाइल्याण्ड अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिप कप २०२६” मा सिन्धुपाल्चोक जुगल-७ निवासी २३ वर्षका कराते खेलाडी विबेन्द्र तामाङले आफ्ना तौल समुहमा उत्कृष्ट प्रदर्सन गर्दै स्वर्णपदक जितेका छन।
नेपाल सोतोकान कराते डो संघ (SKDUN) मार्फत नेपालको प्रतिनिधित्व गर्दै प्रतियोगितामा सहभागी हुन टोलीसँगै बैंकक पुगेका तामाङले ५५ केजी समुहबाट पहिलो चरणमा भारतका खेलाडी दोस्रोमा थाइल्यान्ड तेस्रोमा संयुक्त अरव इमिरेट्स र अन्तिममा आफ्नै टोलीका सुशील लामालाई प्रतिस्पर्धामा पराजित गर्दै प्रथम भएर स्वर्णपदक विजेता बनेका थिए। विगत १२ वर्ष देखि आफ्नो अध्ययनका साथ साथै यस क्षेत्रमा संघर्ष गर्दै आएको तामाङको खेल जीवनको पहिलो अन्तर्राष्ट्रिय सहभागिता र सफलताले आगामी दिनमा अझ सशक्त ढंगले अघि बढन उर्जा थापेको जानकारी मातृभूमि आवाजलाई दिनु भयो।
यस प्रतियोगिता बाट बिबेन्द्र तामाङसहित नेपालले विभिन्न तौल समुहबाट दुई स्वर्ण दुई रजत एक काश्य गरि जम्मा ५ पदक प्राप्त गर्न सफल खेलाडीहरुको नाम यसप्रकार छ:
विवेन्द्र तामाङ ५५ केजी स्वर्णपदक
मिङमार तामाङ ८०+ केजी स्वर्णपदक
सुशील लामा ५५ केजी रजतपदक
निरमाया तामाङ ५० केजी रजतपदक
सुदर्शन बन्जारा ८०+ केजी काश्यपदक





तपाईको प्रतिक्रिया